हेटौँडामा ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा दुई जना घाईते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज १० गते । हेटौँडामा ट्याङ्कर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार शनिबार दिउँसो करिब २ः२० बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–४, नारायणी महल नजिक उक्त दुर्घटना भएको हो ।
कर्रातर्फबाट हेटौँडा बजारतिर आउँदै गरेको बा ६१ प २२६० नम्बरको मोटरसाइकलले आफ्नो अगाडि सोही दिशातर्फ जाँदै गरेको अर्को मोटरसाइकललाई ओभरटेक गरी अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको ना ७ ख ५२३२ नम्बरको खाली ट्याङ्करको अगाडिको चक्कामा ठक्कर खाएको थियो । ठक्कर पश्चात् मोटरसाइकल सोही ट्याङ्करको पछाडिको चक्कामा परेको थियो ।
दुर्घटनामा घाईते हुनेहरूमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुर निवासी मोटरसाइकल चालक अन्दाजी २५/३० वर्षका रोहित बिडारी र मोटरसाइकल पछाडि सवार हेटौँडा–११, शान्तिचोकका २३ वर्षीय कबिन सरकार रहेका छन् ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिई घाइतेहरूको उद्धार गरेको थियो । उद्धारपश्चात् दुवै घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित ट्याङ्कर चालक पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्ने अन्दाजी २३ वर्षीय विशाल यादवलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles