खासकुरा संवाददाता
हेटौँडा, असोज १३ गते । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) को क्षेत्रीय कार्यसमितिको सभापतिमा रामहरि तिमल्सिना निर्वाचित हुनु भएको छ । हेटौँडामा मंगलबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट तिमल्सिना निर्वाचित हुनुभएको हो ।
तिमल्सिनाले २१० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धि प्रदीप कंडेलले १३६ मत प्राप्त गर्नुभयो ।
यस्तै निर्वाचन क्षेत्र नं. १ को (ख) को कार्यसमिति सचिवमा विजय कार्की र सहसचिवमा राजेन्द्रप्रसाद पुडासैनी निर्वाचित हुनुभएको छ ।
सचिवमा निर्वाचित कार्कीले २१६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धि सुरज बर्तौलाले १२४ मत र सहसचिवमा निर्वाचित पुडासैनीले १८१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धि नकुलराम ढकालले १५४ मत प्राप्त गर्नुभएको थियो ।
समितिको उपसभापतिमा अजिता मोक्तान र सहसचिव (महिला) मा प्रमिला राई यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।




