कांग्रेसको प्रदेश सभा क्षेत्रीय सभापतिमा ओमबहादुर बस्नेत निर्वाचित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज १३ गते । नेपाली कांग्रेस १५ औँ महाधिवेसन अन्तर्गत मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) को क्षेत्रीय कार्यसमितिको सभापतिमा ओमबहादुर निर्वाचित हुनु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. १ मा मंगलबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट बस्नेत प्रदेश सभा क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको हो । बस्नेतले ३१६ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धि निरज राना मगरले ३०१ मत प्राप्त गर्नुभयो ।
यस्तै कार्यसमिति उपसभापतिमा नवराज कार्की, सचिवमा सुमन गोले, सहसचिवमा शम्भुप्रसाद शिवाकोटी र महिला सहसचिवमा मञ्जुमाया भोलन निर्विरोध निर्वाचित हुनुभएको छ ।

ताजा समाचार

Related Articles