सरकारको सञ्चालनमा असक्षमताले जनताको विश्वास घट्दो

लोकप्रिय

हेटौँडा, असोज २० गते । नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले वालेन्द्र सरकारप्रति जनताको विश्वास घट्दै गएको दावी गर्नुभएको छ ।
नेकपा एमाले मकवानपुरगढी गाउँपालिका वडा नं. ५ को नवनिर्वाचित वडा कमिटीको सपथग्रहण कार्यक्रममा उहाँले जनताले रास्वपालाई करिब दुई तिहाई सिटमा जिताएर एकलौटी सरकार बनाउने अवसर दिएपनि सरकारको सञ्चालनमा देखिएको असक्षमताको कारण जनताले विश्वास गर्न क्रमस छाड्दै गएको उहाँको दावी छ ।
उहाँले समाजमा अराजकता, हत्या, हिँसा र असुरक्षा बढ्नाले असुरक्षित महसु हुँदै जानु, दैनिक उपभोग्यलगायतका अत्यावश्यक बस्तुहरूको अभाव र चरम महङ्गीको कारण जनताको दैनिक जीवन कष्टकर बन्दै गईरहेको बताउनु भयो । राष्ट्रियता, संविधान र लोकतान्त्र संकटमा पर्दै जानु विकास र समृद्विको यात्रामा अवरूद्व भएको बेला एमाले पार्टी, नेता र कार्यकर्तामा अभिभारा थपिएको उहाँको भनाई छ ।
उहाँले जनतामा जाने, जनताको कुरा सुन्ने, सुझाव लिने, जनताकै सुझाव अनुसार अगाडि बढ्न पार्टीका सबै नेता र कार्यकर्ता एकताबद्व भएर लाग्नु पर्ने बताउनु भयो ।
गत असोज ६ गते सम्पन्न चौथो वडा अधिवेशनले अध्यक्ष रमेश तिमल्सिना, उपाध्यक्ष दिलकुमारी घिसिङ्ग, सचिव शिवराज तिमल्सिना, उपसचिव अशोक बजगाईँ, नवराज धिताललगायत रहेको २१ सदस्यीय मकवानपुर गढी ५ नं. वडा कमिटी चयन गरिएको हो । कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरू प्रदेश कमिटी सदस्य निर्मला लम्साल, विदुर हुमागाई, मेम्बर लो, जिल्ला सदस्य नवराज खतिवडा, पालिका कमिटी अध्यक्ष जीतबहादुर घिमीरे, सचिव रोमनाथ रेग्मीलगायतको आथित्यता रहेको नवनिर्वाचित अध्यक्ष रमेश तिमल्सिनाले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles