काठमाडौँ, कात्तिक १० गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदै छन् । पहिलो खेल विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आज विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० तथा जनकपुर र कर्णालीबिचको खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ । हालसम्म ती चार टोलीमध्ये जनकपुरले मात्र उपाधि जित्न सकेको छ ।




