काठमाडौँ, कात्तिक १२ गते । खाना पकाउने एलपी ग्यास वितरणमा अनिवार्य भ्याट बिल जारी गर्ने व्यवस्था लागु भएसँगै ग्यासको बिक्रीवितरण व्यवस्थित हुनुका साथै विक्रेता करको दायरामा आउने भएका छन् ।

नेपाल आयल निगमले सोमबार ग्यास विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्न निर्देशन दिएको छ । ग्यास विक्रेताले उपभोक्तालाई भ्याट बिल नदिई ग्यास वितरण गर्दै आएका छन् । अब ग्यास वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल दिनुपर्ने व्यवस्थाले सञ्चालनमा रहेका डिलरको आधिकारिक तथ्याङ्क आउने, प्यानमा मात्र दर्ता भएका थोरै सङ्ख्यामा ग्यास बिक्री गर्ने पसल भ्याट दर्ता हुने छन् ।

यस्तै उपभोक्ताले कति सिलिन्डर लगे भन्ने तथ्याङ्क पनि यकिन हुने निगमले जनाएको छ ।




