मकवानपुरमा कुटपिटबाट श्रीमानको मृत्यु, श्रीमती नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १२ गते । मकवानपुरको बकैया गाउँपालिकामा श्रीमान्–श्रीमतीबीच आपसी विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको बकैया गाउँपालिका वडा नं. १ बाघफल बस्ने अन्दाजी ५३ वर्षीय टेक बहादुर मुक्तान र उनकी ४५ वर्षीया श्रीमती प्रेम कुमारी मुक्तानबीच कात्तिक् ११ गते राति अन्दाजी १ः०० बजेको समयमा घरायसी विषयलाई लिएर झै(झगडा तथा कुटपिट भएको थियो।

श्रीमतीसँगको सोही कुटपिट र विवादका क्रममा गम्भीर घाइते भएका श्रीमान टेक बहादुर मुक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
घटना लगतै खटिएको प्रहरी टोलीले अभियुक्त श्रीमती प्रेम कुमारी मुक्तानलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकी प्रेम कुमारीमाथि थप कानुनी कारबाही र अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप अनुमति लिइएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा विस्तृत अनुसन्धान भइरहेको छ।

ताजा समाचार

Related Articles