बागमती गोल्डकप फुटबल आगामी मंसिरमा

लोकप्रिय

हेटौँडा, कात्तिक १३ गते । मकवानपुरको बागमती गाउँपालिकामा नवौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी मंसिर ८ गतेदेखि १७ गतेसम्म बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा प्रतियोगिता हुनेछ । हेटौँडामा शुक्रबार पत्रकार सम्मेलनमा बागमती खेलकुद विकास समितिको आयोजना तथा बागमती गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता हुने जानकारी दिइएको हो ।

पालिका खेलकुद विकास समितिका संयोजक रहरसिंह थिङले प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहने बताउनुभयो । प्रतियोगितामा ‘ए’ डिभिजन लिग खेल्ने ६ वटा क्लब, विदेशी क्लब तथा आयोजकको टिम सहभागी हुनेछन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै, प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले एक लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिनेभएका छ ।

ताजा समाचार

Related Articles