हेटौँडा, कात्तिक २५ गते । बर्दियाको बाँसगढी नगरपालिका ५ मोतिपुर जंगलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका छन् । मोटरसाईकल दुर्घटनामा मृत्यु हुनेमा बर्दिया गुलरिया नगरपालिका ११ बस्ने २४ वर्षीय ओमकार थारु रहेका छन । भारतको लखनउ तर्फ उपचारको लागी लैजाने क्रममा थारुको मृत्यु भएको हो ।

घाइते हुनेहरूमा भे ११ प ८५६७ नम्बरको मोटरसाइकल चालक बर्दिया बारबर्दिया नगरपालिका ३ बानियाभार बस्ने २५ वर्षीय आशिष थारु, सोही मोटरसाइकलमा पछाडि सवार बर्दिया बाँसगढी नगरपालिका ७ बस्ने १८ वर्षीय रमन थारु, भे ५ प ९१६१ नम्बरको मोटरसाइकल चालक भारतको लौकाइ बस्ने १८ वर्षीय सहाबुदिन खान र सोही मोटरसाइकलमा पछाडि सवार भारतको लौकाइ बस्ने २०–२२ वर्षीय जमाल खान रहेका छन् ।

हिँजो दिउसो करिव १ बजे तिर भे ५ प ९१६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे ११ प ८५६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




