हत्या आरोपमा एक जना पक्राउ

लोकप्रिय

भरतपुर, कात्तिक २५ गते । चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका –४ त्रिचोकमा ३० वर्षीय श्रीमान सुमन राना मगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना राना मगरको हत्या गर्नुभएको हो। स्याङ्जाको चापाकोट गाउँपालिका –६ घर भई हाल भरतपुर त्रिचोकमा डेरा गरी बस्दै आउनुभएका उहाँहरुको आज भाइटीकाको दिन बिहान घरायसी विवाद भएको बताइएको छ ।

विवाद बढ्दै गएपछि सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरेका थिए । श्रीमती सपनाको घटनास्थल आफ्नै डेरामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्रभुषण यादवले बताउनुभयो ।

घटना आज बुधबार बिहान करिब साढे ८ बजे भएको उहाँको भनाइ छ । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले श्रीमती हत्या आरोपमा सुमनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ।

ताजा समाचार

Related Articles