हेटौँडा, मंसिर ३ गते । दाङ जिल्ला लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
बिहीबार बिहान अन्दाजी ८:३० बजे बुटवलबाट लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका २२ जना घाइतेहरुको मेडिकल कलेज कोहलपुर, बाँकेमा उपचार भइरहेको छ । अन्य ३१ जना यात्रुको अवस्था सामान्य रहेकोले निज यात्रुहरुलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ । बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेका थिए ।



