हेटौँडा, फागुन २२ गते ।
हेटौँडामा दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरुभएको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हेटौँडा ४ मा रहेको हुप्रचौर खेलमैदानमा भएको प्रतियोगिताको बिहीबारको खेलमा बानेश्वर र बौद्धको विजयी सुरुवात गरेका छन् ।
बानेश्वर भेट्रान्सले वीरगञ्ज सिटी भेट्रान्सलाई १–० गोल गर्दै विजयी भएको थियो । दोस्रो खेलमा बौद्ध भेट्रान्सले वीरगन्ज युथलाई २–० गोल गर्दै विजयी भयो ।
तेस्रो खेलमा एबिसि भेट्रान्स पोखरा र भुटनदेवी भेट्रान्स बिच निर्धारित समयमा गोलरहित खेल बराबरीमा टुङ्गिएको छ ।
यस्तै शुक्रवार चार खेल हुनेछन् ।
यसअघि क्लबका उपाध्यक्ष नवराज वज्राचार्य अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताको हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभएको थियो ।
यही फागुन २६ गतेसम्म हुने प्रतियोगितामा १५ वटा समूहले भाग लिएको प्रतियोगिता संयोजक मणिराज गौतमले बताउनुभयो ।
प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५५५ र दोस्रो हुने समूहले ७५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै विधागत खेलाडीहरू सर्वश्रेष्ठ कोच,उत्कृष्ट फरवार्ड,उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिडफिल्डलाई जनही पाँच हजार र म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।