७३ वटा सहकारीमाथि कारबाही प्रक्रिया सुरु

लोकप्रिय

हेटौँडा, फागुन २३ गते ।
पछिल्लो समय बागमती प्रदेशमा सहकारी समस्या जटिल बन्दै गएपछि बागमती प्रदेश सरकारले सहकारीमा देखिएका समस्या समाधानमा क्रियाशीलता देखाएको छ ।
मन्त्रालयले वित्तीय सङ्कटमा रहेको हालसम्म पाँच वटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।
मन्त्रालय गठनभएको सय दिनको प्रगति विवरण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा समस्याग्रस्त घोषणा गरिएका सहकारीहरुमा नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौँ, लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौँ, सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. ललितपुर, दर्शन बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौँ र सिभिल बचत तथा ऋण सहकारी संस्था लि. काठमाडौँ जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले नागरिकले सहकारीमा बचत गरेको रकम फिर्ता गराउन आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले नागरिकले आफूले दुःख सुख गरेर बचत गरेको रकम सहकारीमा जम्मा गरेकोले उक्त रकम फिर्तालाई आफूहरुले प्राथमिकतामा राखेर काम गरेको भन्दै सहकारी अपचलन गर्नेलाई सरकारले नछाड्ने बताउनुभयो ।
मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेले मन्त्रालयले बचतकर्ताको बचत फिर्ता नपाएको र सहकारमिा आएको समस्याका कारण ऋण नपाएको भन्दै बचतकर्ताको गुनासोको संवोधन गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
मन्त्रालयका कानुन अधिकृत मनोजकुमार गुप्ताले क्रोनिक अवस्थामा पुगेको सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारीको सम्पत्ति व्यवस्थापन तथा शेयर सदस्यलगायतको दायित्व भुक्तानीसम्बन्धी कार्य बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गर्दै आएको जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता कुमार तामाङले अधिक वित्तीय सङ्कटमा रहेका सहकारी संस्थाहरुसँग नियमित छलफल र छानविन पश्चात् केही सहकारी संस्थाहरुले सहकारी बचत पीडितहरुका रकम फिर्ता प्रक्रिया सुरु गरेको भन्दै हालसम्म प्रहरी कारबाहीमा पठाएको सहकारी संस्था योसँगै ७३ वटा पुगेको बताउनुभयो ।
प्रदेशमा दर्ता भएका तीन हजार २२७ वटा सहकारीमध्ये हालसम्म ८९५ वटा सहकारी संस्थाहरुले विवरण बुझाएको र विवरण तथा प्रतिवेदन ढिलो गरी बुझाएका सहकारीहरुबाट दस्तुरबापत १२ लाख ९७ पाँच सय रुपियाँ सङ्कलनभएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

ताजा समाचार

Related Articles