त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी सभापतिमा विजयी

लोकप्रिय

काठमाडौँ- त्रिवि विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले स्ववियु सभापति जितेको छ ।

आज सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघका दिपकराज जोशी सभापति पदमा निर्वाचित हुनु भएको हो ।

जोशीले ७८९ मत ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिश्पर्धी अनेरास्ववियुका सद्धान्त भट्टले ७८१ मत ल्याउनुभएको छ । जोशी ८ मतको अन्तरले विजयी हुनुभएको हो ।

केन्द्रीय क्याम्पस कीर्तिपुरमा जम्मा ३११८ मत खसेको थियो ।

ताजा समाचार

Related Articles