डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

लोकप्रिय

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटाएको हो ।

निगमले जारी गरेको विज्ञप्ति अनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको  छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

 

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल–मट्टीतेलको प्रतिलिटर १४६ रूपैयाँ पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा प्रतिलिटर १४८ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल–मट्टीतेलको प्रतिलिटर १५९ रूपैयाँ पर्नेछ।

486723264_1307538116976954_4487076547120488511_n

ताजा समाचार

Related Articles