हेटौँडा, १९ चैत २०८१ । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा लागुऔषध कारोबारीले लुटेर लगेको प्रहरीको पेस्तोल फेला परेको छ ।
कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जंगलबाट सोमबार लुटिएको पेस्तोल त्यहाँ पुगेको प्रहरी टोलीले खोजीको क्रममा वडा नं. १ को बोल्नेलेकमा मंगलबार फेला पारेको हो ।
लुटिएको पेस्तोल र लुटपाटमा संलग्नको खोजीका लागि घटना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले लुटेरा लगेको पेस्तोल खोजीको क्रममा कैलाश गाउँपालिका वडा नं. १ को बोल्नेलेकमा फेला परेको जानकारी दिनुभयो ।
लागुऔषध कारोबारी रहेको सूचना पाएर सोमबार ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द मगरातीसहित गएको प्रहरी टोलीको साथा रहेको पेस्तोल लागुऔषध कारोबारीले लुटेर भागेका थिए । गोली लोड भएको अवस्थाको पेस्तोल लुट्ने र प्रहरीमाथि कुटपिटको घटना भएपछि सोमबारबाट ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
लागूऔषध कारोबारीले लुटेर भागेको टाइप–५४ को पेस्तोल फेला परेको छ, प्रहरी नायव उपरीक्षक अर्यालले भन्नुभयो, लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी भईरहेको छ ।
लागुऔषध कारोबारीसहितका १०–१५ जनाको समुहले प्रहरीमाथि कुटपिटसमेत हुलहुज्जत गरी पेस्तोल लुटेर लगेको थिए ।
हवल्दार तामाङ र सहायक हवल्दार मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगलमा गएकोमा अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए । अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहमा रहेका स्थानीयले घेरा हालेर प्रहरीलाई कुटपिट गरेका थिए ।