कक्षा १२ को परीक्षामा सहभागी नहुने शिक्षक महासंघको निर्णय

लोकप्रिय

काठमाडौँ, वैशाख १ गते । नेपाल शिक्षक महासंघले जारी शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ ।
आज बसेको आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघको पदाधिकारी बैठकले मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई थप शशक्त बनाउने निर्णय गरेको हो ।
बैठकले यही बैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा कार्यक्रममा समेत सहभागी नहुने निर्णय गरेको राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो ।
योसँगै कक्षा १२ को परीक्षा, के हुने भन्ने विषयमा अनिश्चिता बढेको छ ।
आन्दोलनसँगै सरकारसँगको संवादलाई पनि निरन्तरता दिने महासंघको निर्णय छ ।
शिक्षकहरुले राजधानी काठमाडौँमा आज १३औँ दिन पनि आन्दोलन जारी राखेका थिए ।

ताजा समाचार

Related Articles