११ वर्षीया बहिनीको हत्या गर्ने दाजु पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २ गते ।
प्रहरीले आफ्नै बहिनीको हत्यामा संलग्न भएको अभियोगमा दाजुलाई नियन्त्रणमा लिएको छ ।
ललितपुर महानगरपालिका वडा नं. १२, मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी दुर्गा बोहराको हत्या अभियोगमा कान्छो दाजुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु, काठमाडौँले जनाएको छ ।
वर्ष ११ की दुर्गा बोहरा गत चैत ४ गते राति ९ः३० बजेबाट हराएको जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिए पश्चात् खोजतलास गर्ने क्रममा चैत २९ गते ११ः०० बजेको समयमा ललितपुर महानगरपालिका वडा नं.९, खपिन्छेँ स्थित बाबुराजा अवालेको पुरानो घरको भुर्इँ तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव फेला परेको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त घटनामा प्रहरी टोलीले विभिन्न विधि र प्रविधिको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटना निज मृतकको वर्ष १५ को कान्छो दाईले कर्तब्य गरी हत्या गरेको खुल्न आएको छ । प्रहरीले निजलाई वैशाख १ गते ललितपुर महानगरपालिका वडा नं. १२, मंगलबजार एरियाबाट नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ ।

ताजा समाचार

Related Articles