हेटौँडा, वैशाख ३ गते ।
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ जिल्लाको उर्लावारी नगरपालिका–८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखाली बस्ने ५१ वर्षीय जयकृष्ण न्यौपानेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।