शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त

लोकप्रिय

काठमाडौँ–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले) सांसद रघुजी पन्त नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति राम चन्द्र पौडेलले पन्तलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यसैगरी उर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ्गलाई राज्यमन्त्रीको जिम्मेवारीबाट हटाइएको छ । यही ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि सो पद खाली रहेको थियो ।

ताजा समाचार

Related Articles