गायक जीवन शर्मा सम्मानित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २० गते ।
साहित्य संगम मकवानपुरले गायक जीवन शर्मालाई सम्मान गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को कार्यालयले व्यवस्थापन गरेको नगद २५ हजार रुपियाँसहित उहाँलाई शुक्रबार साँझ यहाँ आयोजित कार्यक्रममा श्यामप्रसाद शर्मा स्मृति सम्मान प्रदान गरिएको हो ।
बागमती प्रदेशका प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री एकालाल श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौला, पूर्व अध्यक्ष निमेष निखिललगायतल गायक शर्मालाई सम्मान गर्नुभएको थियो । सो अवसरमा गायक शर्माले चर्चित गीत सिमली छायाँमालगायतका गीत गाउनुभएको थियो ।

ताजा समाचार

Related Articles