नीति तथा कार्यक्रमको समर्थन गर्न निर्देशन

लोकप्रिय

काठमाडौँ, वैशाख २० गते ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्न आफ्नो दलका सांसद्हरुलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको (एमाले) संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वका साथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको बताउनुभयो । उहाँले भन्नुभयो देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढङ्गले नीति तथा कार्यक्रम आएकाले ढुक्क भएर दृढतापूर्वक समर्थन गर्नुहोस् ।
प्रधानमन्त्री ओलीले विकासका दृष्टिले पछाडि परेको समूहको उत्थान हुनेगरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य, शान्ति सुुव्यवस्थाप्रति जिम्मेवर र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याइएको बताउनुुभयो ।

ताजा समाचार

Related Articles