अख्तियारमा परेका ६२ प्रतिशत उजुरीको फर्छ्योट

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २५ गते
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडामा दर्ता भएका उजुरीमध्ये गता आर्थिक वर्ष २०७९।०८० मा अध्ययन र सुनुवाईपछि ६२ प्रतिशत उजुरी फछ्र्योट भएको छ । अख्तियारको कार्यालय, हेटौँडामा दर्ता भएकामध्ये गत आवमा ६२.०८ प्रतिशत अर्थात एक हजार ४४४ उजुरीको अध्ययन र सुनुवाईपछि फछ्र्योट भएको हो । अघिल्लो आवबाट जिम्मेदारी सरेर आएकोमध्ये २९५ र गत आवमा दर्ता भएकामध्ये एक हजार १४९ वटा उजुरी फछ्र्योट भएको छ । कार्यालयका सूचना अधिकारी उपसचिव विष्णुप्रसाद सापकोटाले कार्यालयमा परेका उजुरीहरुमध्ये ३७३ वटाको स्क्रिनिङबाट र एक हजार ७१ व्टा उजुरीको प्रारम्भिक छानविनबाट फछ्र्योट गरिएको बताउनुभयो । आव २०७८÷०७९ बाट जिम्मेवारी सरेर आएको दुई सय र गत आवमा दर्ताभएकामध्ये ६८२ गरी चालु आव २०८०÷०८१ मा सरेर आएका ८८२ उजुरी फछ्र्योट हुन बाँकी रहेको छ ।
यस्तै मधेश प्रदेशको रौतहट, बारा र पर्सा तथा बागमती प्रदेशको मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा जिल्ला अख्तियरको हेटौँडा कार्यालयको कार्यक्षेत्रमा पर्ने कार्यालयका सूचना अधिकारी सापकोटाले जानकारी दिनुभयो । बागमती प्रदेशका १३ जिल्लामध्ये रसुवा र दोलखा जिल्लाको उजुरी दर्तालगायत अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्योजन गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तराईका जिल्लाका स्थानीय तह र अन्य सरकारी कार्यालयहरुमा हुने गरेको अनियमिततालगायतका विरुद्धमा उजुरी बढी पर्ने गरेको पाइएको छ ।
मधेश प्रदेशको तीन र बागमती प्रदेशको आठ जिल्ला गरी ११ जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा
कार्यक्षेत्र रहेको जिल्लाबाट एक हजार ८३१ र अघिल्लो आवबाट सरेर आएको ४९५ सहित दुई हजार ३२६ उजुरी दर्ता भएको थियो । तीमध्ये आधाभन्दा बढी अर्थात गत आवसम्ममा कार्यालयमा मधेश प्रदेशका तीन जिल्ला बारा, पर्सा र रौतहट जिल्लाका एक हजार ४९७ उजुरी परेका थिए ।

ताजा समाचार

Related Articles