अतिथिलाई तरकारीको पोको कोसेली

लोकप्रिय

हेटौँडा, भदौ २ गते । 

अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छँदै छ । कार्यक्रम समापनको समयमा पनि विशेषतः प्रमुख अतिथि र कतिपय कार्यक्रममा अतिथिलाई मायाको चिनो वा सौगात दिने क्रम बढ्दो छ । 

प्रमुख अतिथिलाई दिने मायाको चिनो राम्रो दिनु पर्छ भन्ने आम मान्यता र प्रचलन छ । अझ उद्योगी व्यवसायीको कार्यक्रमका सहभागी अतिथि र प्रमुख अतिथिलाई दिने मायाको चिनो त सामान्य होइन विशिष्ट नै हुन्छ भन्नु स्वाभाविक नै हो । 

मकवानपुरको थाहा नगरपालिकामा भने यो पटक मायाको चिनो दिने फरक शैली र प्रयोग भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश समितिको आयोजनामा भएको कार्यक्रममा आउने अतिथिलाई मायाको चिनो तरकारी दिइयो । नेपाल तरकारी तथा फलफूल व्यवसायी सङ्घ थाहानगरले अतिथिलाई कार्यव्रmममा बिदाइ गर्दै खुर्सानीदेखि आलुसम्मको प्याकेज बनाएर तरकारी कोसेली दिएको सङ्घका अध्यक्ष राजेन्द्र बिडारीले जानकारी दिनुभयो । 

थाहा नगरपालिकामा उत्पादन हुने मौसमी तथा बेमौसमी तरकारीले काठमाडौँ उपत्यकादेखि प्रदेश राजधानी हेटौँडा हुँदै पोखरा, नारायणगढ र भारतीय सीमावर्ती सहर रक्सौलदेखि पटनासम्मको मागलाई धान्ने गरेको छ । 

तरकारी उत्पादन गर्दा पर्ने किसानको मेहनतको महìवसँगै थाहा नगरपालिकामा हुने तरकारी उत्पादनको महìव बुझाउन र यहाँ उत्पादित तरकारीबारे फैलने अफवाह चिर्न पनि कोसेली स्थानीय उत्पादन तरकारीको १० केजीको प्याकेज बनाएर अतिथिलाई प्रदान गर्दै आएको अध्यक्ष बिडारीले बताउनुभयो । अतिथिलाई अहिले थाहा नगरपालिकाको खेतबारीमा उत्पादन भइरहेको आलु, काउली, बन्दा, भेडे खुर्सानी, माच्छे खुर्सानी र अकबरे खुर्सानीको प्याकेट बनाएर दिइएको थियो । 

त्यसो त प्रमुख अतिथि, अतिथिको तस्बिर, मन्दिरलगायत मूर्तिकला पनि मायाको चिनोका रूपमा दिइन्छ । पछिल्लो समयमा मकवानपुरमा जिल्लाकै पहिचान र नामसँग जोडिएको काठको ठेकी मायाको चिनो दिने गरेको देखिन्छ ।

अध्यक्ष बिडारीले उद्योग वाणिज्य महासङ्घ प्रदेशदेखि नगर तथा जिल्ला उद्योग वाणिज्य सङ्घका पदाधिकारीलगायतका १२५ जना अतिथिलाई हरियो तरकारी सङ्कलन गरी प्याकेट बनाएर कार्यव्रmमको समापनसँगै प्रदान गरिएको बताउनुभयो । 

कार्यक्रमको समन्वय गरेको थाहा नगर उद्योग वाणिज्य सङ्घका महासचिव सुरेन्द्रमान प्रधानले कार्यव्रmममा आएका पाहुनालाई मायाको चिनो प्रदानमा नयाँ प्रयोग र अभ्यासको थालनी गरिएको बताउनुभयो । 

“मायाको चिनो के दिने भन्ने विषयमा हामी अन्योलमा थियौँ, हामीले धेरै पटक विभिन्न सजावटका सामग्री मायाको चिनोस्वरूप दियौँ तर ती सामान घर लगेपछि अतिथिलाई व्यवस्था गर्न नै समस्या र झन्झट हुने, उपयोगमा पनि नआउने गरेको पायौँ । त्यसैले स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णयमा पुग्यौँ,” उहाँले भन्नुभयो । 

ताजा समाचार

Related Articles