पर्यटकको रोजाइमा तीनधारे झरना

लोकप्रिय

काभ्रे, भदौ १८ गते ।

काभ्रेको रोशी गाउँपालिका–२ स्थित काफलडाँडा आन्तरिक पर्यटकहरुका लागि एउटा गन्तव्य स्थल बनेको छ । यस ठाउँमा तिनधारे झरना रहेको छ ।

काभ्रेको ग्रामीण भूभागमा लुकेर रहेको एक प्राकृतिक सम्पदा हो तिनधारे झरना ।

तीनधारे झरना केही पक्की र केही कच्ची बाटो हुँदै करिव चार घण्टाको यात्रापछि पुगिने स्थल हो । तिनधारे झरना पछिल्लो समय आन्तरिक पर्यटकको रुपमा विकास हुँदै गएको छ । यसलाई संरक्षण तथा प्रवर्धन गर्दै जाने हो भने बाह्य पर्यटकको लागि पनि एउटा राम्रो पर्यटकीय गन्तव्यको रुपमा चिनाउन सकिन्छ ।

महाभारत जङ्गलबाट निस्केको मुहानको चिसो पानीको झरनामा रम्दै तस्बिर लिन, नुहाउन र झरनामा लुकामारी खेल्न पाउने भएपछि केही हप्तादेखि सवारी साधनसहित लिएर त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको छ ।

ताजा समाचार

Related Articles