बागमती प्रदेश २०२४ भ्रमण वर्ष घोषणा

लोकप्रिय

हेटौँडा, पुस १६ गते ।
बागमती प्रदेश सरकारले सन् २०२४ लाई भ्रमण वर्षको रुपमा मनाउन प्रदेश भ्रमण वर्ष घोषणा गरेको छ । प्रदेश सरकारले अङ्ग्रेजी वर्षको पहिलो दिन सोमबार हेटौँडामा एक कार्यक्रमको आयोजना गरी प्रदेश भ्रमण वर्ष २०२४ घोषणा गरेको हो ।

प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रदेश भ्रमण वर्षको औपचारिक घोषणा गर्दै भ्रमण वर्षभरि प्रदेशभित्र पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरिने जानकारी दिनुभयो । उहाँले पर्यटनलाई प्रदेशको आम्दानीको स्राेत बनाउने गरी प्रदेश सरकारले नीति बनाउने बताउँदै बढीभन्दा बढी पर्यटक प्रदेशभित्र भित्र्याउने लक्ष्य रहेको सुनाउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव गोविन्द रिजालले प्रदेश भ्रमण वर्षको अवसर प्रचारसँगै प्रवर्धनका कार्यक्रमहरु गरिने बताउनुभयो । उहाँले प्रदेशभित्र रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक लगायतका क्षेत्रको प्रचारप्रसारसँगै सम्भावित पर्यटकीय गन्तव्यको पहिचान गरिने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशमा पर्यटकीय सम्भावना र यसबाट लिनसक्ने लाभका बारेमा जानकारी गराइएको थियो ।
गोरखापत्रबाट ।

ताजा समाचार

Related Articles