हेटौँडा, फागुन २३ गते ।

“जागरुक अभिभावक,शिक्षित सन्तान” भने मूल नाराका साथ इन्द्रसरोवर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नं. १ अन्तर्गतका विद्यालयका अभिभावक र शिक्षकहरूको लागि “अभिभावक शिक्षा कार्यक्रम” शनिबार मार्खुस्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालय,मा गाउँपालिकाका पालिकाका अध्यक्ष श्री देवकृष्ण पुडासैनीको अध्यक्षतामा सम्पन्नभएको छ ।

उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, शिक्षा शाखा प्रमुख धर्मानन्द पन्त, विषय विज्ञ अभिषेक घिमिरेलगातयत वडा नं. १ अन्तर्गतका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू र वडा नम्बर १ भित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूको सहभागिता रहेको थियो।
