कैलाशका नवनियुक्त शिक्षकको पदस्थापन

लोकप्रिय

हेटौँडा, चैत १३ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिकाभित्रका प्राथमिक तहमा नियुक्तिका लागि सिफारिश भई आएका शिक्षकहरुको पदस्थापन गरेको छ ।
शिक्षा आयोगबाट पालिका भित्रका विद्यालयमा प्राथमिक तह तृतीय क्षेणी, स्थायी शिक्षक पदमा नियुक्त भएका शिक्षकहरुलाई योग्यताक्रम र शिक्षकले छनोट गरेका विद्यालयमा पत्र हस्तान्तरणसहित पदस्थापन गरिएको हो ।
गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पत्र हस्तान्तरण गर्दै योग्यताक्रम र छनोट गरिएको विद्यालय अनुसार शिक्षकलाई पदस्थापना गरिएको जानकारी दिनुभयो ।
उहाँले पुस्तकको ज्ञान र सिकाईसँगै व्यवहारिक ज्ञान सिकाई तर्फ ध्यान दिन नवनियुक्त शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो ।
उहाँले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई अन्तिम परीक्षासम्म टिकाउने चुनौती रहेको चर्चा गर्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले नवनियुक्त शिक्षकहरुलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।
गाउँपालिकामा ३७ जना प्रावि तहका शिक्षक नियुक्त भएर आएका छन् ।
चालु शैक्षिक सत्रमा गाउँपालिकामा छात्र दुई हजार पाँच सय २८ र छात्रा दुई हजार सात सय ५५ जना अध्ययनरत छन् । यस्तै गाउँपालिकामा ४७ वटा प्रारम्भिक बालविकास केन्द्र, कक्षा १ देखि ३ सम्मको १२ वटा, कक्षा एक देखि ५ सम्मको २३ वटा, कक्षा १ देखि ८ सम्मको चार वटा, कक्षा १ देखि १० सम्मको पाँच वटा र कक्षा १ देखि कक्षा १२ सम्मको एउटा विद्यालय सञ्चालनमा रहेको छ ।

ताजा समाचार

Related Articles