कुलेखानी तेस्रो जलविद्युत् केन्द्रको मर्मत सकियो आंशिक रुपमा विद्युत् उत्पादन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २९ गते ।
कुलेखानी तेस्रो जलविद्युत् केन्द्रको दुई वटा युनिटमध्ये एउटा युनिटको जेनेरेटरको प्लेटमा खराबी आएकोमा मर्मतको सकिएको गरिएको छ । जेनेरेटरको प्लेटमा समस्या आएपछि यही वैशाख १५ गतेदेखि प्लेट फेर्नेलगायतका मर्मत कार्यका लागि एउटा युनिटबाट उत्पादन हुँदै आएको थियो ।
भीमफेदी गाउँपालिकाको सानुटारस्थित कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको दुई वटा युनिटमध्ये एउटा युनिटको जेनेरेटरको प्लेटमा खराबी आएपछि एलाइमेण्ट मिलाउने काम सोमबार सकिएको छ ।
केन्द्रका प्रमुख प्रसन्नमणि ताम्राकारले आइसोलेसन प्लेटमा समस्या आएपछि फेर्ने कामसँगै टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने काम सकिएको भन्दै सोमबार दिउँसोबाट लोड दिने काम भईरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले केन्द्रको एउटा युनिट पूर्ण क्षमतामा सञ्चालनमा रहेपनि अर्को युनिटमा परीक्षणको रुपमा आंशिक रुपमा उत्पादन भईरहेको छ ।
अहिले पनि परीक्षणको क्रममा छौँ उहाँले भन्नुभयो, अहिले लोड दिन काम भईरहेकोले मर्मतमा संलग्न चिनियाँ कम्पनीका प्राविधिकको सुल्लाह अनुसार मर्मत गरिएको युनिटबाट कम क्षमतामा विद्युत् उत्पादन भईरहेको छ, मंगलबारबाट समस्या आउँछ आउँदैन र पूर्ण क्षमतामा चलाउने नचलाउने यकिन हुन्छ ।
कुलेखानीको तीन वटै केन्द्र गरी १०६ मेगावाटको रहेको छ । कुलेखानी प्रथम ६०, दोस्रो ३२ र तेस्रो केन्द्र १४ मेगावाट क्षमतामा रहेको छ । तेस्रो मर्मत र परीक्षणका क्रममा रहेकाले पूर्ण क्षमतामा सञ्चालन गर्दा पानी खेर जाने भएको पूर्ण क्षमतामा सञ्चालनमा नरहेको उहाँको भनाइ छ ।

ताजा समाचार

Related Articles