हेटौँडा, वैशाख २१ गते ।
डाईभर्सन सडक बाढीले बगाएपछि आइतबार बिहानेबाट बन्द भएको हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ मर्मतपछि सञ्चालनमा ल्याइएकोमा पुनः अवरुद्ध बनेको छ ।
मकवानपुरका ललितपुरको सिमानामा रहेको खोलामा सडक डाईभर्सन गर्न प्रयोग भएका ह्यमपाइपहरु बाढीले बगाएपछि कान्ति लोकपथ पुनः आइतबार साँझबाट अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएकोमा मर्मतपछि चार घण्टापछि सुचारु गरिएको थियो ।
मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ ललितपुर तर्फको बागमती खोलामा सवारी साधन आवत जावत गर्न बनाएको डाईभर्सन बाटो वर्षाको कारण बगाएपछि बिहान ६ः१५ बजेदेखि कान्ति लोकपथ अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार भीमफेदी गाउँपालिका ८ र बागमती गाउँलिका २ बिचको सिमानामा रहेको कान्ति लोकपथ सडकखण्ड अन्तर्गत बागमती पुल मर्मत कार्यको लागि खोलामा सडक डाईभर्सन गर्न प्रयोग भएका ह्युमपाइपहरु पानीको बहाव बढेर बगाएर लगेको कारण उक्त सडक खण्ड पुनः अबरुद्ध भएको जानकारी दिनुभयो । उहाँका अनुसार पानीको बहाव बढ्ने क्रम जारी रहेको ।
बागमती खोलामा सवारी साधन आवतजावत गर्न बनाएको डाईभर्सन बाटो पानी परेर बगाएको कारण अवरोध भएकोमा सडक मर्मत गरी सुचारु गरिएको थियो ।
यस्ते साथै कान्तिलोकपथ सडकखण्ड मर्मतको काम भई रहेकोले आगामी जेठ १ गतेसम्म प्रत्येक दिन १०ः०० बजे देखि १६ः०० बजेसम्म बन्द रहने भन्दै वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले भनेको छ ।




