खासकुरा संवाददाता
हेटौँडा, वैशाख २८ गते ।
वागमती प्रदेशको प्रदेश सभाको सोह्रौँ अधिवेशन आगामी जेठ ५ गते बिहान ११ः०० बजेका लागि आव्हान गरिएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको अधिवेशन आव्हान गर्नुभएको हो ।
बागमती प्रदेश प्रमुखको कार्यालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै बागमती प्रदेश मन्त्रीपरिषद्को सिफारिशमा प्रदेश सभाको अधिवेशन आव्हान गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, प्रदेश सभाको सोह्रौँ अधिबेशन आगामी जेठ ५ गते बिहान ११ बजेबाट बस्ने गरी आव्हान गरिएको छ ।
मन्त्री परिषद्को सिफारिशमा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आब्हान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ ।
गत मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेका प्रदेश प्रमुखसमक्ष बागमती प्रदेश सभाको सोह्रौँ अधिवेसन आगामी जेठ ५ गते सोमबार आब्हान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।




