जसपा सङ्गठन विस्तारमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ११ गते ।
जनता समाजवादी पाटी (जसपा) मकवानपुर सङ्गठन विस्तारमा लागेको छ । जसपा मकवानपुरले सङ्गठन विस्तारको क्रमममा समाजवादी युवा सङ्गठन गठन गरेको छ । सोमबार हेटौँडामा भएको घोषणा कार्यक्रममा विवेक घलानको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन भएको जानकारी गराइएको हो ।
घोषणा कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् युवा विभाग सदस्य दीपक दोर्जे लामाले अहिले देशलाई समृद्ध बनाउनको लागि युवा जनशक्ति आवश्यक रहेको बताउनुभयो ।
युवा सङ्घको उपाध्यक्षमा विनोद मोक्तान र दिपेश गोम्वा, सचिव दीपेश भोम्जन, सहसचिव विकास लो र कोषाध्यक्षमा राधिका लामा थिङ चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा राहुल कार्की, रोहन देउजा, विशाल श्रेष्ठ, बुद्ध गोले, राजन घिमिरे, दीपेश गोम्जा, मनकुमारी गोले, प्रविन लोप्चन, रिपिन महत, अमर तितुङ्ग, सुमन स्याङतान, अनिलकुमार स्याङ्तान, रेशम सिङ्तानलगायतका रहनुभएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य शान्त लामाको सभाध्यक्षताभएको थियो ।

ताजा समाचार

Related Articles