मेयर कपको तयारी पुरा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २ गते ।
हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा शनिबारबाट हेटौँडामा हुने पाँचौं हेटौँडा मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै खेलतालिका सार्वजनिक गरिएको हो ।
हेटौँडा स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा हेटौँडा ४ र हेटौँडा ११ भिड्ने छन् । कुल १९ टोली सहभागी प्रतियोगिताको फाइनल खेल यही जेठ १३ गते हुनेछ ।
प्रतियोगितको विजेता टिमले नगद दुई लाख ५० हजार रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले दुई लाख रुपयाँसहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कष्ट फरवार्ड, किपर, उत्कृष्ट प्रशिक्षक र डिफेन्सलाई जनही नगद १० हजार रुपियाँ प्रदान गरिने बताइएको छ ।

ताजा समाचार

Related Articles