मधुमेहका बिरामीहरुको आँखाको पर्दा जाँच

लोकप्रिय

हेटौँडा, जेठ २ गते ।
हेटौँडा सामुदायिक आँखा अस्पतालले हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा र टोलविकास संस्था समन्वय समितिको सहकार्यमा उपमहानगरपालिकाको विभिन्न वडामा मधुमेहका बिरामीहरुको आँखाको पर्दा जाँच कार्यक्रम गरेको छ । हेटौँडा उपमहानगरपालिकाको वडा नं. २, ३, ७, ८, १०, ११, १७ र १८ मा आँखाको पर्दा जाँच सकिएको छ ।
बाँकी वडाहरुमा पनि कार्यक्रम चाँडै नै शुरु गरिनेभएको छ ।
हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकालीले मधुमेहले आँखामा असर गरी सकेपछि अन्तिम अवस्थामा मात्र बिरामीहरु अस्पताल आउने गरेका भन्दै यसले बिरामीहरुको दृष्टि जोगाउन समस्या हुने बताउनुभयो ।
अस्पताल आउन नसकेका बिरामीहरुलाई घर आँगनमा नै पुगेर जाँच गर्न उपमहानगरापलिकाको सहयोगमा यो कार्यक्रम गरिएको डा. थकालीले खासकुरालाई बताउनुभयो ।
मधुमेहले आँखँको पर्दामा असर गर्ने रोगलाई डाईविटिक रेटिनोप्याथी भनिन्छ । अन्धोपनको प्रमुख कारणहरु मध्ये यो पाँचौमा पर्दछ । मधुमेह भएका प्रत्येक पाँच जनामा एक जनालाई डाईविटिक रेटिनोप्याथी भएको पाईएको छ । त्यसैगरी हरेक १० जना मधुमेहका बिरामी मध्ये एक जना अन्धोपनको शिकार भएको पाईएको छ । सन् २०२० को अध्ययन अनुसार विश्वमा ११ करोड जनसंख्या मध्ये ६० लाखलाई अन्धोपन भएको पाईएको थियो । विश्वमा २५ करोड जति मानिसलाई आफूलाई मधुमेह भएको थाहा कारणले आँखामा असर गर्ने कुराको बारेमा बिरामीहरुला थाहा हुँदैन ।
हालसम्म जाँच गरिएकोमा थोरै बिरामीहरुमा मधुमेहले धेरै असर गरेको पाईएको छ । उनीहरुलाई थप उपचारकोलागि अस्पतालमा बोलाईएको छ । मधुमेहले आँखामा सामान्य असर गरेको पाईएमा औषधिको प्रयोगले निको पार्न सकिन्छ । धेरै असर गरेको छ भने लेजर तथा शल्यक्रिया गर्नु पर्ने हुन्छ डा. थकालीले भन्नुभयो ।
उच्च पावरको चश्मा प्रयोग गर्ने, ४० वर्ष कटेका, मधुमेह उच्च रक्तचाप भएका बिरामीहरुले नियमित आँखा जाँच गराउनु पर्दछ । साथै परिवारका कुनै सदस्यलाई जलविन्दु भएको छ भने पनि नियमिति आँखा जाँच गराउनु पर्दछ ।

ताजा समाचार

Related Articles