खासकुरा संवाददाता
हेटौँडा, जेठ २ गते ।
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ४ मा पहिरो आई स्काइभेटर पुरिएको छ ।
रिद्धिसिद्धि सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा प्रयोग गरिएको मोतिदान कन्ट्रक्सन कम्पनीको बा २ क ५२०६ न.को स्काईभेटर बिहीबार साँझ एक्कासि सुख्खा पहिरोले पुरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । चुनढुङ्गा खानीमा काम गरिरहेको अवस्थामा माथिबाट एक्कासि सुख्खा पहिरो आई उक्त स्काइभेटर पुरिएको प्रहरीको भनाई छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मानवीय क्षति नभएको र स्काईभेटरमा भने क्षति पुगेको छ ।
