खासकुरा संवाददाता
हेटौँडा, जेठ २ गते ।
साहित्य संगम मकवानपुरले विभिन्न क्षेत्रका आठ जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
संगमले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गरी ३५५ औँ नियमित साहित्य सन्ध्या तथा संगम साहित्य उत्सव २०८२ को अवसरमा स्रष्टालाई सम्मान गर्न लागेको जानकारी दिनएको हो ।
संगमले विभिन्न विधामा स्रष्टाहरुलाई यही जेठ १० गते शनिबार सम्मान गर्न लागेको अध्यक्ष डिबी बर्तौलाले जानकारी दिनुभयो ।
राशी १५ हजार ५५५ रुपियाँ राशिको मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट राजकुमार लामिछानेलाई सम्मान गरिनेभएको छ । संगमका सचिव मनोज पोखरेलका १५ हजार ५५५ रुपियाँ राशीको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मान गरिने छ । यस्तै ११ हजार १११ रुपियाँ राशिसहित रामकुमार एलनलाई विनोद सुनिता सुवेदी सम्मान २०८१, र १० हजार राशीको दीपक मुडभरी स्मृति सम्मान २०८१ समिर पाख्रिनलाई प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
१० हजार रुपियाँ राशिको मङ्गलादेवी स्मृति सम्मान २०८१ बाट बबि थापा, १० हजार रुपियाँसहित मुक्तितारा सम्मान २०८१ बाट यश लामालाई र १० हजार राशीको रामहरि देवु सम्मान २०८१ बाट मसान उपासकलाई सम्मान गर्ने संगमले निर्णय गरेको छ ।
यसैगरी साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०८०÷०८१ बाट अभय श्रेष्ठलाई सम्मान गरिनेभएको छ । उक्त पुरस्कारको राशि २५ हजार एक रुपियाँ रहेको छ ।
संगमका अध्यक्ष बर्तौलाले हेटौंडा उपमहानगरपालिकाको प्रवद्र्धनमा हुने उत्सवको आयोजनाले जिल्लाको कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो ।
