हेटौँडा, जेठ २ गते ।
मकवानपुरको पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको कैलाश गाउँपालिका वडा नं. २ स्थित वैकुण्ठमा यस वर्षको घाटु नाच मेला सम्पन्नभएको छ ।
वैकुण्ठमा प्रत्येक वर्ष वैशाख पूर्णिमाको अवसरमा घाटु नाच लाग्दै आएको छ । यो वर्ष वैशाख ३० र ३१ गते घाटु नाच देखाइएको होे ।
कैलाश गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र घिमिङले घाटु गुरुङ र मगर समुदायमा प्रचलित रहेपनि तामाङ समुदायले घाटु नाच्ने नेपालको एक मात्र स्थान बैकुण्ठ गाउँभएको बताउनुभयो ।
यो नाच विधिपूर्वक पूजाआर्चना गरी सुरु गरिन्छ । घाटु लोक नृत्य र एक शास्त्रीय नाच हो ।
लोप हुन लागेको घाटु नाच मुलुक संघीयतामा गएर स्थानीय सरकार गठनसँगै संरक्षण प्रवर्धन थालिएको हो ।
घाटु नाचसँगै मेला पनि आयोजन ागर्ने गरिएको मेला भर्न मकवानपुर र आसपासका क्षेत्रका बासिन्दा आउने गरेको वडाध्यक्ष घिसिङले बताउनुभयो ।
घाटु नाच खासगरी गुरुङ र मगर समुदायले आफ्नो संस्कृतिको रूपमा निरन्तरता दिँदै आएको पाइन्छ वडाध्यक्ष घिििसङले भन्नुभयो, तर वैकुण्ठ गाउँमा परापूर्वकालदेखि तामाङ समुदायले घाटु नाच देखाउँदै आएका छन् ।
उहाँले भन्नुभयो, कैलाश–२ को तल्लो भेगमा गुरुङ समुदायको बसोबास छ । तर, घाटु नाचमा उनीहरूको संलग्नता रहँदैन । वैकुण्ठ गाउँका तामाङ समुदायले नै गाउने र नाच्ने गर्छन्, । उहाँले अगाडि भन्नुभयो, अहिलेसम्म तामाङ समुदायका आमाहरूले नै घाटु गीत, नाच एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै आएका छन् यो क्रम निरन्तर चल्दै आएको छ । छन् । घाटुको पुरै गीत गाउन झन्डै दुई दिन लाग्ने निरन्तर गाउँदा नाच्दा पनि १८ देखि २० घण्टा लाग्ने गर्छ र वैकुण्ठमा अहिले पनि १८ घण्टासम्म गाउने नाच्ने गरिन्छ । गुरु आमाहरूले गीत गाउने र कन्याहरूले आँखा चिम्लेर गीत र मादलको तालमा घाटु नाचिन्छ ।
घाटु नाच्नुअघि अक्षताले इष्टदेवीलगायतलाई पूजा गरिन्छ । घाटु नाच्ने कन्याहरूले एकै थरीका गुन्यू चोली लगाउँछन् ।
एक पटक नाचेपछि तीन वर्ष अनिवार्य नाच्नुपर्ने हुन्छ । यदि तीन वर्ष नपुग्दै कन्याको बिहे भएमा श्रीपेच नलगाई नचाउने र बाटो काटेर छुटकारा दिने गरेको वडाध्यक्ष घिसिङले बताउनुभयो ।
घाटु नाचमा आमाहरूले गीत गाउने र कन्याहरूले नाच्नुपर्दछ । नाच्नका लागि करिब एकदेखि तीन महिनासम्म तालिम नै गर्नुपर्ने भएकोले समस्या रहेको वडाध्यक्ष घिसिङले बताउनुभयो ।
कैलाश–२ को तल्लो भेगमा गुरुङ समुदायको बसोबास रहेको छ । तर, घाटु नाचमा उनीहरूको संलग्नता रहँदैन । वैकुण्ठ गाउँका तामाङ समुदायले नै गाउने र नाच्ने गरेका छन् । तामाङ समुदायका आमाहरूले नै घाटु गीत, नाच एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै आएका छन् ।
घाटु नाच तीनसय देखि चारसय वर्ष पुरानो लोक नृत्य भएको र घाटु नाच संस्कृति जस्ताको तस्तै जीवित रहेको छ वडाध्यक्ष घिसिङको भनाई छ ।
कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले वैकुण्ठ गाउँका तामाङ समुदायले सयौँ वर्ष पुरानो घाटु लोक नृत्यलाई जस्ताको तस्तै जोगाउँदै आएको भन्दै पछिल्लो समय पालिका पनि यसको संरक्षण र प्रवर्धनमा लाग्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो लोप हुँदै गएको संस्कृति जोगाउने काम भएको छ अब घाटु नाच हेर्न वैकुण्ठ गाउँमा आउने क्रम बढेको छ ।
