हेटौँडा सिमेण्टको मूल्य घटाइयो

लोकप्रिय

खासकुरा संवाददाता हेटौँडा, भदौ १२ गते । हेटौँडा सिमेण्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेण्टको मूल्य घटाएको छ । शक्ति ब्राण्डको सिमेण्ट उत्पादन गर्दै आएको उद्योगले मूल्य घटाएर ५० केजीको बोराको सिमेण्टको कारखानाद्वार मूल्य ६४९ रुपियाँ ७५ पैसा बनाएको हो । नयाँ मूल्य आइतबारबाट लागूभएको छ । उक्त मूल्य करसहितको हो । यसअघि हेटौँडा सिमेण्ट उद्योगको सिमेण्टको कारखानाद्वार मूल्य ७०१ रुपियाँ ७३ पैसा रहेको थियो । उद्योगले शक्ति ब्राण्डको सिमेण्ट उत्पादन गर्दै आएको छ । उद्योगको सिमेण्ट उत्पादन जडित क्षमता वार्षिक २६ लाख टन रहेकोमा छ । तर पछिल्लो समय उत्पादन क्षमता घट्नुका साथै उद्योग नोक्सानीमा चल्दै आएको छ ।

ताजा समाचार

Related Articles