चलचित्र पत्रकारसहित चार जना सम्मानित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ३ गते ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकारसहित चारलाई सम्मान गरेको छ ।
संघले शनिबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले चलचत्रि पत्रकार अनन्त वाग्ले, चलचित्र रंग सम्पादक रेनिश फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई सम्मान गर्नुभएको हो ।
११ हजार १११ रुपिायाँ राशिको नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट वरिष्ठ चलचित्र पत्रकार वाग्लेलाई प्रदान गरिएको छ । यस्तै मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई कलाकर्मी सम्मान २०८२ बाट रंग सम्पादक रेनिश फागो र मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको थियो ।
दिवसकै अवसरमा पहिलो पटक चलचित्रमा अभिनय गरेकी हेटौँडाकी बालकलाकार शुपला सापकोटालाई सम्मान गरिएको छ ।
कार्यक्रममा मन्त्री खड्काले चलचित्रले समाजका समस्याहरुको उजागार गर्न सक्नुपर्ने भन्दै चलचित्र क्षेत्रको विकासमा सहकार्य गर्न प्रदेश सरकार तयारी रहेको बताउनुभयो ।
सम्मान कार्यक्रम चलत्रिच पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलत्रिच पत्रकार संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष शान्ति प्रिय, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी,  ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल(वान)का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई, संघका सल्लाहकारहरु रुपेश दुलाल, कलाकार सुशान्त श्रेष्ठ, प्रेस सेन्टर प्रदेश अध्यक्ष ध्रुव अधिकारीलगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles