खासकुरा संवाददाता
हेटौँडा, जेठ ३ गते ।
गजल मञ्ज मकवानपुरको आयोजनामा २२४ औँ गजल यात्रासँगै विशेष गजल वाचन तथा महफिल २ को परिचर्चा सम्पन्नभएको छ ।
हेटौँडामा शनिबार भएको कार्यक्रममा गजलकारद्वय केशव समर्पण र रुपक बनवासीले विशेष गजल वाचन तथा सहजीकरण बाबु त्रिपाठी गर्नुभएको थियो ।
गजल मञ्च मकवानपुरका अध्यक्ष सञ्जीत श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामाभएको सो कार्यक्रममा महफिल २ माथि साहित्यकार निमेष निखिलले परिचर्चा गर्नुभएको थियो ।
यस्तै सुजन विश्वकर्मा, अनसूया खनाल, मिथिला अधिकारी, सागर तिमल्सिना, स्वस्तिका बानियाँ, डि.बि. बर्ताैला, देवराज तिवारी र दीपक गौत्तमले गजल वाचन गर्नुभएको थियो ।
नवोदय शिशु सदन हेटौँडा ४ र तुलसी मेहर मा. वि. नारायणी कलेजका हेटौँडा १० को आर्थिक सहयोगभएको कार्यक्रममा कवि शान्तिप्रिय वन्दनालगायतले बोल्नुभएको थियो ।
