सुमोको ठक्करबाट घाइते पैदलयात्रीको उपचारको क्रममा मृत्यू

लोकप्रिय

हेटौँडा, जेठ ३ गते ।
सुमोको ठक्करबाट घाइतेभएको एक पैदल याुत्रको उपचारको क्रममा काठमाडौँमा मृत्युभएको छ ।
पूर्व पश्चिम लोकमार्गको हेटौँडा उपमहानगरपालिका ८ स्थित सडक खण्डमा काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको ना १ ज ६९६४ नं. को सुमोको ठक्करबाट घाइतेभएका जितपुर सिमरा उपमहानगरपालिका २१ का करिब ५५ का जय बहादुर मोक्तानको उपचारको क्रममा मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
गत शनिबार पैदलयात्री मोक्तानलाई सुमोले ठक्कर दिएर घाईते बनाएका थियो । घाइते मोक्तानको थप उपचारको लागि न्युरो अस्पताल काठमाडौँ लगेकोमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीको भनाई छ ।
सुमो चालक पर्सा जिल्लाका वर्ष २४ को सन्तु राउत कुर्मी र सुमो प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार

Related Articles