जुत्ता चप्पल व्यवसायी संघमा रामहरि तिमिल्सिना निर्वाचित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ३ गते ।
जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको चौथौ वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले संघको अध्यक्षमा पुनः रामहरि तिमल्सिनालाई निर्वाचित गरेको छ ।
संघको शनिबार हेटौँडामा सम्पन्न अधिवेशनले तीन वर्षका लागि अध्यक्षमा तिमिल्सिनालाई निर्विरोध निर्वाचित गरेको हो ।
१३ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केदारनाथ दुलाल, उपाध्यक्षमा जनककुमार दास, महासचिवमा प्रल्हाद खनाल, सचिवमा मोहन उप्रेती र कोषाध्यक्षमा राजु लम्साल चयन हुनुभएको संघले खासकुरालाई जानकारी दिएको छ ।
त्यसैगरी सदस्यहरुमा दधिराम गौतम, अर्जुन केशरी, रणदुलाल सार्की, आशिष कुमार पराजुली, कृष्ण चौलागाई, निसान गौतम र सलिम अन्सारी निर्वाचित हुनुभएको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाको नगर उपप्रमुख राजेश बानियाँले व्यवसायीलाई उत्पादनसँग जोडिन आग्रह गर्नुभएको थियो ।
उहाँले उपमहानगरले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने नीति लिएको भन्दै उपमहानगर र व्यवसायीबीचको समस्या संवादबाट समाधान गर्न तयार रहेको बताउनुभयो ।
जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरका अध्यक्ष रामहरि तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष काव्यमणि अधिकारी, उपाध्यक्षद्वय उज्ज्वल चौलागाई र राजु अधिकारी, अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष अमित श्रेष्ठ, जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरका सचिव प्रल्हाद खनाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पत्रकार कपिल खड्का र पुराना व्यवसायी लक्ष्मण साह कानुलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles