भ्रष्टाचारको विषयमा सम्झौता गर्दैनौ

लोकप्रिय

भरतपुर, भदौ १२ गते ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भ्रष्टलाई जोगाउनु पर्छ भनेर कांग्रेस पार्टीले कहि कतै नबोलेको बताउनुभएको छ ।
चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले कांग्रेसले भ्रष्टाचारका विषयमा सम्झौता नगर्ने बताउनुभयो । भ्रष्टलाई जोगाउने विषयमा हामी सम्झौता गर्दैनौ, हामी त भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भनेर सरकारलाई सहयोग गर्छौ । पार्टीको केन्द्रीय समितिको बैठकमा समेत यो विषयमा निर्णय गरेका छौं नेता रिजालले भन्नुभयो भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै पनि किसिमको दबाब दिएको छैन । उहाँले भन्नुभयो, “ भ्रष्टलाई कांग्रेसले जोगाउन दवाव दियो भन्ने कही हल्ला चलेको छ भने त्यो निराधार कपोकल्पित कुरा मात्र हो । कांग्रेस पार्टीले भ्रष्टाचार नियन्त्रणका विषयमा निर्णय नै गरेको जानकारी दिनुभयो ।
उहाँले मुल्य मान्यताभन्दा बाहिर रहेर सरकारले काम गरे धेरै दिन टिक्न नटिक्ने बताउनु भयो । गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय छैन उहाँले भन्नुभयो गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता गदैन ।
कांग्रेसको पूर्ण समर्थन सरकारलाई छ, काँंग्रेसको जुन नेतालाई फकाए पनि गठबन्धन टिक्दैन । सरकारको सबैभन्दा ठूलो पार्टी कांग्रेस रहेको हो नेता रिजालले भन्नुभयो कांग्रेस टाउकोमुनि मात्रै देखिने, अरूको अनुहार देखिने सरकार हुन सक्दैन ।

ताजा समाचार

Related Articles