२० वटा विद्यालयलाई कम्प्युटर प्रदान

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १२ गते ।
हेटौँडा उपमहानगरपालिकाकाले नगर क्षेत्रका सामुदायिक जिद्यालयलाई कम्प्युटरसहितका विद्युतीय सामग्री प्रदान गरेको छ । नगरभित्रका विद्यालयको शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउन उपमहानगरपालिकाकाले हेटौँडामा भएको कार्यक्रममा मङ्गलबार २० वटा सामुदायिक विद्यालयलाई आवश्यक कम्प्युटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) हस्तान्तरण गरेको हो ।
उपमहानगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ र पालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले विद्यालयका प्रधानाध्यापकलाई ती सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
नगर प्रमुख लामाले विद्यालयको प्रशासनिक कामलाईसमेत सहज बनाउन उपमहानगरपालिकाले वार्षिक बजेटबाट सामुदायिक विद्यालयलाई कम्प्युटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) सहयोग गरेको जानकारी दिनुभयो । उहाँले पालिकाको आन्तरिक श्रोतको २० लाख रुपियाँ बराबरको सामग्री खरिद गरी हस्तान्तण गरेको भन्दै विद्यालयको शैक्षिक गतिविधि सुधारमा ध्यान विद्यालय व्यवस्थापन समिति र प्रशासनलाई आग्रह गर्नुभयो । आकाशधारा पानिसारा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिकले विद्यालयको प्रशासनिक कार्य तथा परीक्षासम्बन्धी कार्य व्यवस्थापनका लागि उपमहानगरपालिकाले उपलब्ध गराएको कम्युटरलगायतका सामग्री सहयोगी हुने बताउनुभयो ।

ताजा समाचार

Related Articles