विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बागमती प्रदेश सभामा पेस

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ६ गते ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले विनियोजन विधेयक २०८२ का सिद्धान्त र प्राथमिकता प्रदेश सभाको बैठकमा पेस भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले प्रदेश सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेस गरेका हुन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रदेश सभाको बैठकमा बुधबारबाट छलफल चल्नेभएको छ ।
मन्त्री काफ्ले संविधानको व्यवस्था भएका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, प्रदेश सरकारको अधिकारका क्षेत्रहरू र प्रदेश सरकारको दोस्रो आवधिक योजनाले लिएका सोच, लक्ष्य, रणनीति र प्राथमिकताहरूलाई कार्यान्वयन गर्ने गरी प्रदेशको आगामी आर्थिक वर्षको बजेट बनाइने बताउनुभयो ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्दै उहाँले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको संस्थागत क्षमता विकास गरिने बताउनुभयो ।

यस्तै उहाँले प्रदेशभित्र स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट तर्जुमा गर्ने, उत्पादन, उत्पादकत्व वृद्धि र आर्थिक तथा सामाजिक पूर्वाधारको विकासमा निजी क्षेत्रको भूमिकालाई जोड दिने र सार्वजनिक निजी साझेदारीका आधारमा कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles