चट्याङ लागेर एकको मृत्यु, एक जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ८ गते ।
चितवनाको इच्छाकामना गाउँपालिका वडा नं. १ क्याङसिराङ चट्याङ लागेर एक जनाको मृत्यु र एक जना घाइतेभएका छन् ।

स्थानीय वर्ष ५१ को विरु चेपाङ र निजको भतिज वर्ष ३२ को दिल बहादुर चेपाङ बाटोमा हिँडिरहेको अवस्थामा बुधबार अचानक चट्याङ परी चट्याङ लाग्दा बिरु चेपाङको घटनास्थलमा मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

चट्याङ लागेर निजको भतिज दिल बहादुर चेपाङ सामान्य घाइते हुनुभएको छ ।
प्रहरीका अनुसार घाईते दिबहादुर लाई उपचारको लागी सरकारी हस्पिटल भरतपुरमा लगिएको छ ।

विरु चेपाङको शव परीक्षणका लागि बिहीबार सरकारी अस्पताल भरतपुरमा लगिको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles