खासकुरा संवाददाता
हेटौँडा, जेठ ८ गते ।
लोड ट्रकको पछाडिको चक्का भासिएर अवरुद्ध बनेको कान्ति लोकपथ तीनघण्टापछि बिहीबार बिहानबाट सुचारुभएको छ ।

कान्ति लोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपलालिका वडा नं. ८ र ललितपुर बागमती गाउँपालिका वडा २ बिचको सिमानामा रहेको बागमती पुलमा हेटौँडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ००६ ख ३०६९ न.को जुस लोड ट्रकको पछाडिको चक्का भासिन गई दुवैतर्फी आवागमन अवरोध पुगेकोमा उक्त ट्रक हटाएर तीन घण्टापछि सुचारु भएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार फसेको उक्त ट्रकलाई स्काभेटरको सहयोगमा साईड लगाई बाटो ५ः१५ बजेको समयमा सुचारु गरिएको थियो ।
