गोसाइँकुण्डमा टु-जी डेटा सञ्चालनमा

लोकप्रिय

रसुवा, भदौ १३ गते

गोसाईकुण्ड गाँउपालिका वडा नम्बर पाँचमा अवस्थित रसुवाको पवित्र धार्मिक तिर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल टेलिकम रसुवा शाखाका निमित्त प्रमुख एविन खत्रीका अनुसार नेपाल टेलिकम स्याटलाइट विभागमार्फत प्राप्त टु-जी प्रविधिको उपकरण जडान गरी भ्वाइस तथा टु-जी डेटा सञ्चालनमा ल्याएको हो ।

गोसाइँकुण्डमा उपलब्ध मोबाइल सेवाबाट एक साथ ५० जनाले कुरा गर्न सक्ने बताइएको छ । लामो समय सञ्चारविहीन भएको गोसाइँकुण्ड क्षेत्रमा टेलिकमले सञ्चालनमा ल्याएको उक्त्त सेवाबाट हजारौं तीर्थयात्री लगायत अन्य समयमा भ्रमण गर्न आउने बिदेशी पर्यटकहरु समेत लाभान्वित भएका छन् । भदौ १० गतेदेखि जडान सम्पन्न उपकरणले सेवा दिन थालेको प्राविधिकले जनाएका छन् ।

टेलिकमले ढिला गरी टावर सञ्चालनमा ल्याए पनि यस क्षेत्रमा भ्रमण गर्ने नागरिकहरुले भ्वाइस तथा टु-जी डेटा सञ्चालनबाट आफन्त सँग टेलिफोनमा कुराकानी गर्न तथा सुचना प्रवाह गर्न सहज भएको गोसाइँकुण्ड क्षेत्रमा पुग्ने तीर्थयात्रीहरुको भनाई छ ।

समुन्द्रि सतह देखि चार हजार ३८० मिटरको उचाइमा रहेको गोसाईंकुण्डमा नेपाल टेलिकमको नेटवर्क सञ्चालनका लागि आवश्यक समाग्री ढुवानीमा सहयोग संघिय संसद मोहन आचार्यले गर्नु भएको थियो ।

ताजा समाचार

Related Articles