हेटौँडा, जेठ १३ गते ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ । 

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रम बुधबार प्रदेश प्रमुखबाट बागमती प्रदेश सभा बैठकमा संवोधन गर्ने कार्यक्रम रहेको छ ।




