स्वास्थ्यमन्त्री जोशीका सय दिनका उपलब्धी

लोकप्रिय

हेटौँडा, भदौ १३ गते । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आफू मन्त्री भएपछिको सय दिनमा सम्पादन गरेका कामहरु सार्वजनिक गर्नुभएको छ ।
मन्त्री जोशीले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी प्रादेशिक अस्पतालमा सामान्य शय्या निःशुल्क गरिएको, प्रदेशमा बसोबास गर्ने सिमान्तकृत तथा लापोन्मुख समुदाय र आश्रममा आश्रित रहेकालाई स्वास्थ्य बीमा आबद्ध गरिएकोलगायतलाई प्रमुख उपलब्धिमा लिनुभएको छ । स्वास्थ्य बीमा कार्यक्रमा ६३७ जना आबद्ध रहेको र २५ लाख ८६ हजार पाँच रुपियाँ बराबरको प्रदेश सरकारको योगदान रहेको जानकारी कार्यक्रममा गराइएको थियो । प्रदेशको सबै नीतिमा स्वास्थ्य निर्देशिकाको मस्यौदा तयार भएको र प्रदेश स्वास्थ्य नीति तर्जुमा प्रक्रिया अगाडि बढाइएको मन्त्री जोशीले बताउनुभयो । उहाँले ज्यान जोखिममा परेका गर्वभती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्धारसम्बन्धी कार्यविधि मन्त्रीपरिषद् बैठकबाट स्वीकृत भएको जानकारी दिँदै प्रदेश सरकार हुँदा खाने वर्गको स्वास्थ्यमाथिको पहुँच वृद्धिमा लागेको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्ष २०८०÷०८१ एक प्रदेश निर्वाचन क्षेत्र उक अस्पताल सुदृढिकरण कार्यक्रम सञ्चालन गरिने सुनाउनुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अस्पताल विकास

ताजा समाचार

Related Articles